घरको छत ढलान गर्नेक्रममा करेन्ट लागेर मजदुरको मृत्यु


सर्लाही –  जिल्लाको बागमती नगरपालिकामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। शनिबार बिहान बागमती नगरपालिका–२, धरहरामा घर बनाउने काम गर्दै गर्दा एक मजदुरको करेन्ट लागेर ज्यान गएको हो।

दुर्घटनामा परी सोही ठाउँका २१ वर्षीय दीपक कुमार महतो घाइते भएका छन्। दीपकको अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ। घरको छत ढलानको लागि फलामे डण्डी मिलाउने क्रममा करेन्ट लागेर बागमती नगरपालिका-८, खुजुरेचोकका अन्दाजी २५ वर्षका रामु महतोको ज्यान गएको इलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएका महतोलाई उपचारको लागि हरिवन स्थित नमुना अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो। मृतकको शव परीक्षणको लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको इलाका प्रहरी कार्यलय हरिवनका प्रहरी निरीक्षक भुपेन्द्र गिरीले जानकारी दिए।

प्रतिक्रिया