आज यूएईसँग खेल्दै नेपाल


काठमाडाैँ – चारदेशीय टी–२० क्रिकेट शृंखलामा नेपालले शनिबार यूएईको सामना गर्दैछ। उक्त खेल नेपाली समयअनुसार मध्याह्न पौने १२ बजे सुरु हुनेछ।

ओमानको अल इमिरात मैदानमा हुने लागेको यो खेल नेपालको लागि शृंखलाको दोस्रो खेल हो। नेपालले शुक्रबार ओमानलाई ६ विकेटले हराएको थियो।

यूृएईको लागि भने यो शृंखलाको पहिलो खेल हो। शुक्रबार हुने तय भएको अयरल्याण्डसँगको यूएईको खेल भने स्थगित भएको थियो।

आईसीसी टी–२० विश्वकप छनोटको तयारीको लागि यो प्रतियोगिता भइरहेको हो। नेपालले पछिल्लोपटक सन् २०१९ मा यूएईसँग ३ टी–२० खेल खेलेको थियो। उक्त सिरिज नेपालले २–१ ले जितेको थियो।

प्रतिक्रिया