एमबाप्पेको गोलमा पीएसजीको जित


काठमाडाैँ – फ्रेन्च लिग वानअन्तर्गत शुक्रबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन .(पीएसजी)ले रेनसमाथि १–० को जित हात पारेको छ । पीएसजीलाई जित दिलाउन दोस्रो हाफको इन्ज्युरी समयमा कायलिन एमबाप्पेले निर्णायक गोल गरे।

यससँगै लिग वानको अंक तालिकामा पीएसजीले १६ अंकको स्पष्ट अग्रता लिएको छ। लिग वानमा पीएसजीले २४ खेलबाट ५९ अंक जोडेको छ। पीएसजीले अहिलेसम्म लिगमा १८ खेल जितेको छ भने ५ खेलमा बराबरीको नतिजा निकालेको छ। उसले केवल एउटा खेलमा हारको सामना गरेको छ।  दोस्रो स्थानमा रहेको मार्सिलेले २३ खेलबाट ४३ अंक जोडेको छ। रेनसले भने २४ खेलबाट ३७ अंक हात पारेको छ।

प्रतिक्रिया