स्वास्थ्यलाभको कामना गर्दै ओलीले पठाए सत्यमोहन जोशीलाई सन्देश


काठमाडौं – पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उपचारमा रहेका संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

एमाले नेता तथा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ मार्फत सन्देश पठाउँदै ओलीले जोशीको स्वास्थ्य लाभको कामना गरेका हुन् । किष्ट अस्पतालमा उपचार गराईरहेका जोशीलाई भेट्न पूर्वमन्त्री श्रेष्ठ आज (शुक्रबार) बिहान अस्पताल पुगेका हुन् । ओलीको सन्देश लिएर अस्पताल पुगेका श्रेष्ठले पनि शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

चिकित्सकको टोलीले जोशीको फोक्सोमा जमेको पानी निकालिसकेकाले स्वास्थ्य अवस्था सामान्य छ ।

किष्ट अस्पतालले जोशीको निःशुल्क उपचारको व्यवस्था गरेको छ । मंगलबार छातीमा समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

प्रतिक्रिया