प्रधानसेनापति शर्माद्वारा कञ्चनपुरको होल्डिङ सेन्टर निरीक्षण


महेन्द्रनगर – प्रधानसेनापति प्रभुराम शर्माले कञ्चनपुरमा रहेको होल्डिङ सेन्टरको निरीक्षण गरेका छन् ।

आज (शुक्रबार) बिहान भीमदत्त–१८नगरपालिका स्थित शालघारीमा सेनाले निर्माण गरिरहेको १ हजार क्षमताको होल्डिङ सेन्टरको निरीक्षण गरेका हुन् ।

त्यसै गरी कञ्चनपुरको भगतपुर स्थित श्री नं.२५ बाहिनी अड्डाकोसमेत निरीक्षण भ्रमण गरेका छन् । उनले श्री नं.२५ बाहिनी अड्डाको वस्तुस्थिति प्रतिवेदनलगायत फौज तैनाथीको वर्तमान अवस्थाका बारेमा जानकारी लिँदै ब्यारेक एरियासमेत निरीक्षण गरेका थिए ।

प्रतिक्रिया