राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेस भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहबीच राष्ट्रपति भण्डारीसमक्ष महान्यायाधिवक्ता खम्मबहादुर खातीले वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

नेपालको संविधानअनुसार महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाअनुसार उक्त प्रतिवेदन पेस गरिएको हो ।

राष्ट्रपति भण्डारीले प्रतिवेदनमा भएका सुझाव सरकार र सम्बन्धित निकायले कार्यान्वयन गर्ने अपेक्षा गरेको बताइन् ।

महान्यायाधिवक्ता खातीले महान्यायाधिवक्ता कार्यालयका समस्या र समाधानका विषयमा विस्तृतरुपमा प्रतिवेदनमा रहेको र यसको कार्यान्वयन भएमा कानुनको शासन स्थापना भई फौजदारी न्याय प्रशासन प्रभावकारी हुने र पीडितले न्याय पाउने बताए ।

प्रतिक्रिया