राप्रपाको पदाधिकारी बैठक सुरू

स्थानीय तह निर्वाचन र थापाको पार्टी परित्यागबारे छलफल हुने


काठमाडौं – पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय पदाधिकारी बैठक सुरु भएको छ ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन, पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको सहभागिता रहेको छ ।

उपाध्यक्षहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे, रोशन कार्की, महामन्त्री डा.धवल शमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही र प्रदेश समितिका अध्यक्ष सहभागी रहेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार समसामयिक राजनीतिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारी लगायतका विषयमा छलफल हुने भएको छ । निवर्तमान अध्यक्ष कमल थापाले राप्रपा परित्यागको घोषणा पछि राप्रपाको पहिलो पदाधिकारी बैठकमा बस्न लागेको हो ।

प्रतिक्रिया