सभामुख सापकोटालाई कारबाहीको माग गर्दै धुलिखेलमा कालोझण्डा


काभ्रे – काभ्रेको धुलिखेलमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध कालोझन्डा देखाइएको छ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल काभ्रे र अनेरास्ववियु काभ्रे जिल्ला कमिटीको संयुक्त आयोजनामा सभामुख सापकोटालाई कालोझन्डा देखाइएको जनाइएको छ ।

No description available.

धुलिखेलमा एक कार्यक्रममा सहभागी हुन जाने क्रममा सभामुख सापकोटाविरुद्ध कालोझन्डा देखाइएको हो । उक्त अवसरमा सभामुखविरुद्ध प्रदर्शनका साथै नाराबाजी समेत गरिएको थियो ।

No description available.

सभामुख सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको हत्याको आरोप लगाउँदै कारबाही नहुँदासम्म आफूहरुले आन्दोलन जारी राख्ने कार्यक्रममा सहभागी राष्ट्रिय युवा संघ नेपाल काभ्रेका एक नेताले बताए । कालोझण्डा देखाएपछि कोणसभा पनि गरेका थिए ।

No description available.

 

प्रतिक्रिया