काठमाडौंको होटलमा महिलासहित पक्राउ परेका भारतीय तीन न्यायाधीश बर्खास्त


बिहार । काठमाडौंको एक होटलमा एक महिलासँग रंगेहात पक्राउ परेका बिहारका तीन न्यायाधीशलाई बर्खास्त गरिएको छ ।

सन् २०१३ को जनवरीमा काठमाडौंस्थित एक होलमा रंगेहात पक्राउ परेका भारतको बिहारका समस्तीपुर जिल्लाको फ्यामिली अदालतका तीन जना न्यायाधीशलाई बर्खास्त गरेको हो ।

बिहार सरकारले उनीहरुलाई २०१४ फेब्रुअरी १२ देखि लागू हुने गरी बर्खास्त गरेको जनाएको छ । बर्खास्त हुनेमा हरिनिवास गुप्ता, कोमल राम र जितेन्द्रनाथ सिंह छन् ।

उनीहरु सन् २०१३ को जनवरी २९ का दिन काठमाडौंको होटलमा एक महिलासँग रंगेहात पक्राउ परेका थिए । बिहार सरकारले पक्राउपछि उनीहरुलाई बर्खास्त गर्दै अनुसन्धान सुरु गरेको थियो ।

पटना उच्च अदालतका ५ न्यायाधीशको एक समितिले उनीहरुलाई दोषी ठहर गर्दै बर्खास्त गर्ने सिफारिससँगै सर्वोच्च अदालत गएका ती तीन न्यायाधीशको मुद्दामा उच्च अदालतको फैसला सदर गरेपछि उनीहरुलाई सरकारले बर्खास्त गरेको थियो ।

प्रतिक्रिया