एमसिसीको विरोधमा माइतीघरमा ७ राजनीतिक दलको संयुक्त प्रदर्शन


काठमाडौं – अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विरोधमा माइतीघरमा विरोध प्रदर्शन भएको छ। आज (बुधबार) माइतीघरमा सत्तारुढ गठबन्धनमा रहेका जनमोर्चासहित ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले सयुंक्तरुपमा प्रदर्शन गरेका हुन्।

नेपाल कम्युनिष्ट पार्टी, नेकपा मसाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा क्रान्तिकारी, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी) सयुंक्त रूपमा प्रदर्शन गरेका छन्।

सुरक्षा व्‍यवस्थालाई ध्यानमा राख्‍दै हाल माइतीघरमा ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ। प्रदर्शनमा एमसिसी खारेज गरौं, गो ब्याक एमसिसी, वैदेशिक हस्तक्षेप बन्द गरौं जस्ता नारा लगाइएको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधीनता माथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै यसका विरुद्ध सशक्त आन्दोलन सिर्जना गर्न उनीहरुले अपिल गर्दै आएका छन् ।

प्रतिक्रिया