यस्ता छन् विश्वकै टप-५ उत्कृष्ट वाइल्डलाइफ तस्बिरहरू…


क्रिस्टिआनो भेल्ड्रामीनले स्वर्गीय साथीको सम्झनामा खिचेको जमेको तालको तस्बिरले वाइल्डलाइभ फोटोग्राफर अफ द इअर २०२१ को उत्कृष्ट अवार्ड जितेको छ।

इटलीमा खिचिएको सो तस्बिरलाई सर्वसाधारणबाट प्राप्त मतको आधारमा उत्कृष्ट ठहर गरिएको हो।

क्रिस्टिआनो भेल्ड्रामीन

तस्बिर स्रोत, क्रिस्टिआनो भेल्ड्रामीन

न्याचुरल हिस्ट्री म्युजियम लन्डनले आयोजना गर्ने प्रतियोगितामा ९५ देशबाट ५० हजार तस्बिर सहभागी थिए।

तीमध्ये म्युजियमले छानेका राम्रा २५ तस्बिरलाई अनलाइनमा मत दिन सकिने व्यवस्था गरिएको थियो।

क्रिस्टिआनो भेल्ड्रामीनले सन् २०१९ मा खिचेको सान्ता क्रोस तालको तस्बिरले ३१,८०० मत प्राप्त गर्यो।

मतको आधारमा उत्कष्ट पाँचमा पर्न सफल तस्बिरमध्ये बाँकी चार यस्ता छन्:

एस्ले म्याककर्ड, अमेरिका

एस्ले म्याककर्ड

तस्बिर स्रोत, एस्ले म्याककर्ड

केन्याको मासाईमारा राष्ट्रिय वन्यजन्तु आरक्षमा दुई सिंहबीचको भावुक क्षणको तस्बिर एस्लेले खिचेकी हुन्।

उनले लामो समय कुरेर वर्षाको पानीले झन्डै सिंहहरू नदेखिने भएपछि यो तस्बिर खिचेकी थिइन्।

योरिअन होकेन्जिक, द नेदरल्यान्ड्स

योरिअन होकेन्जिक

तस्बिर स्रोत, योरिअन होकेन्जिक

भालुका बच्चाहरू रुख चढेर खानेकुरा लिएर आमा नफर्केसम्म सुरक्षित रूपमा बस्ने गर्छन्।

अलास्काको जङ्गलमा एउटा सानो भालुले त्यो समय घण्टौँदेखि त्यही रुखमा बसेको गिद्धनजिकै निदाएर उपयोग गरेको देखिन्छ।

जो-एन म्याकअर्थर, क्यानडा

जो-एन म्याकअर्थर

तस्बिर स्रोत, जो-एन म्याकअर्थर

सन् २०२० को सुरुमा डढेलोले जनावरलाई पारेको असरको तस्बिर खिच्न जो-एन अस्ट्रेलिया पुगेकी थिइन्।

भिक्टोरियामा भेटिएका यी कङ्गारु डढेलोबाट बचेका थोरै भाग्यमानी जनावरमध्ये थिए।

चियाङ गो, चीन

चियाङ गो

तस्बिर स्रोत, चियाङ गो

चीनको वन्यजन्तु आरक्षमा चियाङले यी दुई राम्रा सुगाको तस्बिर खिचेका हुन्।

सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित छ।

 

प्रतिक्रिया