

पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार बढीमा कोरोना संक्रमण, १,२१५ जनाको मृत्यु

नयाँ दिल्ली – भारतमा पछिल्लो २४ घण्टामा ६९ हजार ५४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यस्तै बितेको २४ घण्टामा एक लाख ७२ हजार बिरामी निकोसमेत भएका छन् । त्यसैगरी भारतमा २४ घण्टामा १२१५ कोरोना संक्रमितको ज्यान गएको छ । भारतमा हाल ८ लाख ८३ हजार जना संक्रमित कोरोनाको उपचार गराइरहेका छन् ।
यस्तै, भारतमा ८ दिनमा छैटौँ पटक कोरोनाका कारण ज्यान गुमाउनेको संख्या हजारभन्दा बढी रहेको छ । यद्यपि, संक्रमितमा लगातार गिरावट आइरहेको छ । फेब्रुअरीको ८ दिनमा कोरोनाका दैनिक संक्रमितमा ५७ प्रतिशतको गिरावट आएको छ ।

