हिउँ खेल्न गएका बारपाकका दुई किशोर पाँच दिनदेखि बेपत्ता


काठमाडाैँ – गोरखाको बारपाकका दुई किशोर पाँच दिनदेखि सम्पर्कविहीन भएका छन्।  हिउँ खेल्न भनेर गएका बारपाक सुलिकोट गाउँपालिका–१ का १६ वर्षीय करण घले र वडा नम्बर २ का १६ वर्षीय साइँला घले पाँच दिनदेखि बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले जानकारी दिए।

गएको बिहीबार उनीहरु हिउँ खेल्न भन्दै धार्चे गाउँपालिका–४ लाप्राकतर्फ गएका परिवारका सदस्यहरुले बताएका छन्। बेपत्ता किशोरहरुलाई अभिभावकले आफैँले खोज्दा नभेटेपछि प्रहरीलाई खबर गरिएको स्थानीय जितबहादुर घलेले बताए।

प्रतिक्रिया