
पछिल्लो २४ घण्टामा १५७० जनामा कोरोना संक्रमण पुष्टि, १३ को मृत्यु
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १५७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३६५ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
मन्त्रालयले ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २२ र ३ हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ जनामा संक्रमण पुष्टि भएको हो ।
आज ६ हजार १४६ जना संक्रमित निको भएर घर फर्किएका छन् । २४ घण्टामा थप १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
आज देशभरी ४० हजार १११ जना सक्रिय संक्रमित रहेका छन् ।



कागजपत्र |
