एमसीसीबारे अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छलफल गर्ने


काठमाडौं – अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कप्म्याक्टबारे छलफल गर्ने भएको छ ।

सोमबार बसेको बैठकमा भीम रावल लगायतका सांसदले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पठाएको संयुक्त पत्रमाथि प्रश्न उठाएका थिए ।

समिति सभापति पवित्रा निरौला खरेलले पनि यसरी पत्र पठाउनु अशोभनीय भएको बताइन् ।

 

 

प्रतिक्रिया