
विद्यार्थी, मजदुर र सामान्य परिवारका मानिसहरूलाई निस्शुल्क इन्डक्सन चुलो दिन माग
काठमाडौं – विद्यार्थी, मजदुर र सामान्य परिवारका मानिसहरूमा निःशुल्क इण्डेक्शन चुलो पुर्याउन (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई ज्ञापनपत्र बुझाएको छ।
पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगलाई प्राथमिकता दिने कुरामा सरकार सकारात्मक हुनुपर्ने बताउँदै अनेरास्ववियूले सोमबार मन्त्री भुसाललाई ज्ञापनपत्र बुझाएको हो।
अनेरास्ववियूले बुझाएको ज्ञापनपत्र लिँदै मन्त्री भुसालले यस बारेमा आफू सकारात्मक रहेको र वैकल्पिक प्रयोगको प्राथमिकताका बारेमा गम्भीर भएर सोच्ने बताएकी छन् ।
मन्त्री भुसालले सरकारले आफ्नो मन्त्रालयलाई यस बारेमा बजेट उपलब्ध गराएमा आफू सहयोग गर्न प्रतिवद्ध रहेको पनि बताइन्।अनेरास्ववियूले पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगमा योजनावद्ध रूपमा काम गर्न पनि सरकारलाई आग्रह गरेको छ।



कागजपत्र |
