

बुटवलमा ट्रकसँग कार ठोक्किँदा तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

बुटवल –बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छ्न । सोमबार (आज) एकाबिहानै बुटवल उपमहानगरपालिका वडा नम्बर १२ स्थित तामनगर नजिक कोरियन कलेज अगाडी दुर्घटना भएको ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।
पश्चिमदेखि पूर्व दिशामा रोकिरहेको २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएको हो । मृत्यु हुनेमा कारमा सवार बुटवल १२ बस्ने सविन थारु, सोहि स्थानका गोविन्द चौधरी र कार चालक नविन श्रेष्ठ रहेका छन् । उनीहरूको शव बुटवलको प्रादेशिक अस्पतालमा राखिएको छ । दुर्घटनामा परी गम्भीर घाइते २ जनाको पनि सोहि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक चालक फरार रहेका छन् । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

