माधव नेपालले केन्द्रीय कमिटी बैठकमा सुनाए प्रचण्डको ‘कुर्सी पीडा’


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले आफू पक्षको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डको कुर्सी पीडाको चर्चा गरेका छन्।

अर्का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा प्रचण्डको कुर्सी सारिदिएको प्रसङ्ग निकाल्दै उनले आफू त्यो ठाउँमा रहेको भए समानान्तर ठाउँमा राखेर बस्ने जिकीर गरे।

नेपालले भने ‘मैले त त्यस बेलै भन्दिएको थिएँ बैठकमा प्रचण्ड सहेर बस्नुभयो म भए कुर्सी बोकेरै माथि बस्थें।’ नेपालले नेकपा एमाले व्युँतिन नसक्ने बताए। उनले सूर्य चुनाव चिन्हमा ओलीलाई दाबी नगर्न पनि चेतावनी दिएका थिए।

मंगलबार बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठक अवैधानिक भएको दाबी गरेका नेपालले आफूहरूसँग बहुमत केन्द्रीय सदस्य रहेको पनि बताए।

प्रतिक्रिया