
मध्यावधि चुनाव हुन्छ, हाम्रो दुई तिहाई बहुमत आउँछः ओली
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा होमिनका लागि थपिएका केन्द्रीय सदस्यहरूसहितका पदाधिकारीलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले १७ वैशाखमा चुनाव हुने र दुई तिहाई बहुमत पनि आउने दाबी गरेका छन्।
‘कसै–कसैले प्रतिनिधि सभा पुनःस्थापना हुन्छ, अदालतले गर्छ भनेर हल्ला गरेका छन्। त्यो निराधार हुन्। अब चुनाव हुन्छ’, उनले भने।



कागजपत्र |