

बिचौलियालाई पोस्न दूधमा प्रतिलिटर १० रुपैयाँ बढाउने प्रस्ताव

काठमाडाैँ – दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य प्रतिलिटर १० रुपियाँ वृद्धि गर्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव गरेको छ । माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले किसानका लागि प्रतिलिटर दूधको मूल्य ६.५२ वृद्धि गरी ५६.०४ रुपियाँ बनाउने निर्णय गरेको थियोध्र किसानका लागि दूधको मूल्य वृद्धि मन्त्रिपरिषद्ले गरेपछि डीडीसीले उपभोक्ता मूल्य बढाउन कृषि मन्त्रालयमा प्रस्ताव गरेको हो ।
यसअघि पनि दूधको उपभोक्ता मूल्य डीडीसीले तय गथ्र्यो । डीडीसीका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले किसानका लागि दूधको मूल्य निर्धारण मन्त्रिपरिषद्ले गरेपछि आफूहरूले उपभोक्ता मूल्य प्रतिलिटर १० रुपियाँ वृद्धि गर्नुपर्ने पस्ताव मन्त्रालयमा गरेको जानकारी दिए । डीडीसीले मूल्य वृद्धिका लागि प्रस्ताव गरे पनि हालसम्म मन्त्रालयबाट त्यसको कुनै प्रतिक्रिया नआएको उनले बताए । उपभाेक्ता अधिवकारवादीहरू भने दूधकाे मूल्य बढे पनि बिचाैलिया माेटाउने मात्र हुने बताउँछन् । उनीहरूले किसानले पाउने गरी मूल्य समायाेजन हुनुपर्ने माग राखेका छन् ।

