

भोली अर्थात् बुधबार सातै प्रदेशमा केपी शर्मा ओली समूहको भेला हुँदै


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले मंगलबार बालुवाटारमा बसेको बैठकले बुधबार सातै प्रदेशमा १ बजे एकैसाथ भेला गर्ने निर्णय गरेको छ ।
उक्त बैठकले बिहीबार केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय समेत गरेको बैठकमा सहभागी एक नेताले बताए । बैठकले २०७८ साल मंसिर २ गते एकता महाधिवेशन गर्ने निर्णय समेत गरेको स्रोतले बताएको छ ।

