

मौसमका कारण हवाई सेवा प्रभावित, अधिकांश उडान ‘डिले’

काठमाडौं – देशैभरको मौसममा समस्या देखिँदा हवाई उडान प्रभावित भएका छन् । शुक्रबार बिहानदेखि देशका विभिन्न भागबाट उपत्यका आउने हवाई रुटमा मौसमका कारण प्रतिकुल समस्या उत्पन्न हुँदा आन्तरिक तथा बाहृय उडान प्रभावित भएको हो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार गन्तब्य विमानस्थलभन्दा आउने रुटमा समस्या देखिएको छ ।
जसले गर्दा उडान÷अवतरण नै प्रभावित बनेको हो । केही जहाजलाई अवतरणमा समस्या भएका कारण होल्ड गराउनु परेको कार्यालय स्रोतले जनाएको छ ।
बुद्ध एयरका अनुसार गन्तव्य विमानस्थलमा भन्दा शुक्रबार बढी रुटमै मौसमले चुनौती दिएको छ । यसले उडानहरु ढिला हुने र कुनै कुनैमा रद्ध हुने समस्या समेत आएको छ ।
विमानस्थल कार्यालयका अनुसार विहान सिमराका लागि निर्धारित उडानहरु रद्ध भएका छन् । जनकपुर, भरतपुर तथा पोखराका उडान समेत डिले हुने समस्या छ ।

