आज पनि बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – नेपाली बजारमा साताको पाँचौं दिन आज (बिहीबार) पनि सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५०० रुपैँयाले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेर १ हजार २ सय ५५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया