

सुनको मुल्य तीन सयले घट्यो, तोलाको कति ?
काठमाडौँ – स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजार ९०० कायम भएको छ । सोमबार छापावाला सुन प्रतितोला रु ९५ हजार २०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन आजका लागि प्रतितोला रु ९४ हजार ४०० मा कारोवार हुने गरी तोकिएको महासङ्घले जनाएको छ । तेजाबी सुन प्रतितोला रु ९४ हजार ७०० मा सोमबार कारोवार भएको थियो ।
यसैगरी चाँदी प्रतितोला रु पाँचले घटेको छ । प्रतितोला रु एक हजार ३२० मा सोमबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार ३१५ मा कारोवार हुने गरी तोकिएको छ ।

