
काबुलमा नियमित विद्युत् आपूर्तिमा समस्या, ५८० भन्दा बढी कम्पनी बन्द हुने अवस्थामा
एजेन्सी – नियमित विद्युत् आपूर्तिको कमीका कारण अफगानिस्तानको राजधानी सहर काबुलमा कम्तीमा ५८० उद्योगको नियमित उत्पादन बन्द हुने अवस्थामा पुगेको छ ।
अफगानिस्तानी उद्योग तथा खानी कक्ष (एआईएमसी) शेरबाज कामिन्जाडाले बुधबार स्पुत्निकसँग भने, “उद्यम नियमित हुन नसक्दा करिब चार हजार ५०० कामदारले आफ्नो रोजगारी गुमाउने अवस्था आएको छ ।”
राजधानी सहर काबुलमा विद्युतको अभाव भएको गुनासोबीच मध्य एसियाली मुलुक उज्बेकिस्तान, कजाकिस्तान र किर्गिस्तान समावेश भएको विद्युत् प्रणालीमा पाइने प्राविधिक समस्याका कारण उज्बेकिस्तानबाट विद्युत् प्रसारण रोकिएको टोलो न्यूजले उल्लेख गरेको छ।
सन् २०२१ को नोभेम्बरमा अफगान राष्ट्रिय ऊर्जा कम्पनीले अफगानिस्तानलाई आवश्यक पर्ने ऊर्जाको मात्रा ८५० मेगावाट रहेको उल्लेख गरेको थियो ।
छिमेकी मुलुकबाट ६२० वाट ऊर्जा उपलब्ध गराइएको स्पुतनिकले बताएको छ। यसअघि जनवरीमा उज्वेकिस्तानले अफगानिस्तानमा विद्युत् आयात घटाएको थियो ।
जसका कारण अफगानिस्तानका विभिन्न प्रान्तमा विद्युत् आपूर्तिमा अवरोध उत्पन्न भएको हो ।जनवरी २५ मा यस क्षेत्रमा ठूलो विद्युत् अवरोध हुँदा उज्वेकिस्तानले अफगानिस्तानमा निर्यात विद्युत्लाई काटेको थियो भने यसलाई मंगलबारदेखि पुनः स्थापित गरिएको छ ।



कागजपत्र |
