
एकै दिन ८ लाखभन्दा बढी नेपालीले लगाए कोरोनाविरुद्धको खोप
काठमाडौं- बुधबार एकै दिन आठ लाखभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार आठ लाख १५ हजार ७९६ जनाले खोप लगाएका छन्।
सरकारले माघ २ गतेदेखि बुस्टर डोज दिन सुरु गरेको थियो। हालसम्म लक्षित समूहका ८६ प्रतिशतले पहिलो मात्रा लगाएका छन् भने ७४ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन्।



कागजपत्र |
