

प्रचण्डले बोलाए सचिवालय बैठक, बहुमत सदस्य नजाने

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा केपी ओली नेतृत्वको नेकपा केन्द्रीय कमिटी बैठक जारी रहेकै अवस्थामा प्रचण्डले आफू पक्षधर सचिवालय सदस्यको बैठक बोलाएका छन् ।
केन्द्रीय कमिटीका बैठकका एजेण्डा टुंगो लगाउन र केपी ओलीमाथिको कारवाहीका लागि सचिवालय बैठक बोलाइएको प्रचण्डनिकट स्रोतले जनाएको छ । बैठकमा प्रचण्डसहित माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ सहभागी हुँदैछन् ।
नेकपाको नौ सदस्यीय सचिवालयमध्ये ओलीसहित ईश्वर पोखरेल र विष्णु पौडेल बालुवाटारको बैठकमा छन् । उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादलले कुनै पनि पक्षको बैठकमा नजाने घोषणा गरिसकेका छन् ।

