


रुसबाट आक्रमण भए देशलाई रक्षा गर्ने हाम्रो अधिकार छ : युक्रेनी राष्ट्रपति

काठमाडौं- युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले युक्रेन शान्तिमा केन्द्रित रहेको बताएका छन्। तर, रुसबाट कुनै पनि आक्रमण भएमा आफ्नो देशसँग आफ्नो रक्षा गर्ने अधिकार रहेको बताए।
‘हाम्रो एउटै चिन्ता भनेको शान्ति र विशुद्ध कूटनीतिक माध्यमबाट क्षेत्रको कब्जा अन्त्य गर्नु हो,’ उनले पूर्वी युक्रेनमा पृथकतावादी विद्रोहीसँग कीभको लडाइँलाई उद्धृत गर्दै पत्रकार सम्मेलनमा भने।
जेलेन्स्कीले युक्रेनलाई पश्चिमी सहयोगीहरूले पठाएको हतियार रक्षाको लागि मात्र भएको बताएका छन्। युक्रेनले पछिल्लो समय रुसी सैन्य आक्रमणको सामना गर्न प्रतिरक्षाको तयारी गरिरहेको छ।
तर, मस्कोले बारम्बार आफ्नो छिमेकीलाई हतियार आपूर्ति भइरहेको भन्दै आपत्ति जनाएको छ। यता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार अमेरिकाले युद्धमा उक्साउने प्रयास गरेको आरोप लगाएका छन्।
युक्रेन संकट बढिरहेका बेला कैयौं साताहरूपछि सार्वजनिक रूपमा धारणा राख्दै पुटिनले अमेरिकी लक्ष्य रुसमाथि प्रतिबन्ध लगाउने बहानाका रूपमा उक्त टकराबलाई प्रयोग गर्नु भएको बताए।
यद्यपि, उनले वार्ताको सम्भावनालाई नकारेका छैनन्। पुटिनले अमेरिकाले युरोपमा नेटो गठबन्धन सेनाबारेको रुसी चिन्तालाई बेवास्ता गरिरहेको बताएका छन्।

