२०२० को ‘गोल्डेन फुट’ अवार्ड रोनाल्डोलाई


काठमाडौँ- पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले २०२० को गोल्डेन फुट अवार्ड प्राप्त गरेका छन् । वर्ल्ड च्याम्पियन्स क्लबले ३५ वर्षीय रोनाल्डोलाई उक्त अवार्ड प्रदान गरेको हो ।

रोनाल्डोलाई डिसेम्बर १ मा अवार्ड विजेता घोषणा गराइएको थियो । त्यसको तीन सातापछि उनलाई अवार्ड प्रदान गरिएको हो । वर्ल्ड च्यामिपयन्स क्लबले सफल करियर भएका २८ वर्ष माथिका खेलाडीलाई यो अवार्ड प्रदान गर्दै आएको छ ।

रोनाल्डो यस अवार्डको १८औँ विजेता हुन् । यो अवार्ड एक खेलाडीले एक पटक मात्र पाउँछन् । गोल्डेन फुट अवार्डका विजेता खेलाडीका फुटप्रिन्ट मोनाकोमा राखिँदै आएको छ ।

उक्त अवार्ड जित्ने रोनाल्डो पहिलो खेलाडी समेत बने । अन्तर्राष्ट्रिय जर्नालिस्टहरुको भोटिङको आधारमा अवार्ड विजेता छानिनेछ । युभेन्ट्सका फरवार्ड रोनाल्डोले अन्तिम भोटिङमा लिओनल मेसी, रोवर्ट लेवान्डोस्की, जर्जिओ चिलेइनी, नेमार, सर्जियो रामोस, सर्जियो अगुएरो, जेरार्ड पिके, मोहम्मद सालाह र अर्टुरो भिदाललाई पछि पारे ।

सन् २००३ बाट प्रदान गर्न सुरु गरिएको अवार्ड यसअघि १७ खेलाडीले पाइसकेका छन् ।

प्रतिक्रिया