प्रतितोला ३०० रुपैयाले बढ्यो सुनको भाउ, तोलाको कति ?


काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३०० ले बढेर ९२ हजार २०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९१ हजार ९०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ७०० कायम भएको छ । जसको मूल्य मङ्गलबार प्रतितोला ९१ हजार ४०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले बढेर रु एक हजार २५५ कायम भएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९७ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया