श्रममन्त्री श्रेष्ठको तलबभत्ता रकम क्याम्पस प्रदान


काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो तलबभत्ता बापतको रकम तनहुँको भानु नगरपालिका(९ स्थित पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई प्रदान गरेका छन्।

तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै तलबभत्ता बापतको रकम विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएका मन्त्री श्रेष्ठले क्याम्पसलाई आफ्नो तलबभत्ता बापतको ५० हजार रुपैयाँ प्रदान गरेका हुन्। उक्त रकम नेकपा ९एकीकृत समाजवादी० का स्थानीय कार्यकर्तामार्फत क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गाबहादर राउतलाई हस्तान्तरण गरिएको हो।

मन्त्री श्रेष्ठले गृह जिल्लाका शैक्षिक संस्था, स्थानीय युवा क्लव, आमा समूहलगायत सामाजिक संस्थाहरूलाई तलबभत्ता बापतको रकम सहयोग गर्दै आएका छन्।

प्रतिक्रिया