मोरिससविरुद्ध नेपालको लगातार दोस्रो जित
काठमाडौं – मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा मोरिससलाई पराजित गरेको हाे ।
दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपाल मंगलबार १-० ले विजयी भयो । यसअघि शनिबार भएको खेलमा पनि नेपाल १-० ले विजयी भएको थियो ।
मंगलबारको तनावपूर्ण खेलमा नेपालका लागि दशौं मिनेटमा सुजल श्रेष्ठले गोल गरेका थिए । त्यही गोल निर्णायक बन्यो । उनको यो नेपालका लागि तेस्रो गोल हो ।
आशिष लामाले प्रहार गरेको बलमा पेनाल्टी क्षेत्र भित्र रहेका पुजन उपरकोटीले उपलब्ध गराएको पासमा सुजलले गोल गरेका थिए ।