‘१२ वर्षमाथिका बालबालिकालाई अझ प्रभावकारी रूपमा कोरोनाविरुद्ध खोप लगाऊ’


काठमाडाैँ – बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले १२ वर्षमाथिका सबै बालबालिकालाई अझ प्रभावकारी रूपमा कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरेको छ।

सिजपका अध्यक्ष राजेश शर्मा र मीना शर्माले सोमबार विज्ञप्ति जारी गरी १२ देखि १८ वर्ष उमेर समूहका अझै ५० प्रतिशत बालबालिकालाई खोप लगाउन बाँकी रहेकाले सोबारे बालमैत्री सूचना प्रवाह गर्न माग गरेका हुन्।

विज्ञप्तिमा युनिसेफ तथा नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयहरूलाई बालबालिकालाई दिइने कोभिडविरुद्धको खोपका लागि नेपाललाई प्राथमिकरणको पहल गरिदिन पनि आग्रह गरिएको छ।

प्रतिक्रिया