

देशभर थप ७ संक्रमितको मृत्यु, मृतक संख्या १७९५ पुग्यो

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ।
पछिल्लो २४ घण्टामा १०७९ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४४ हजार ७४३ पुगेको छ।
त्यस्तै, यसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ९५ पुगेको छ।

