यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान


काठमाडौँ – नेपालको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला पहाडी क्षेत्रमा आंशिक बदली रही तराईमा हुस्सु/कुहिरो लागेको छ।

महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो  प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम आंशिक बदली रहनेछ। अनि देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

महाशाखाको बुलेटिनअनुसार आज राति  पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम आंशिक बदली रहनेछ। अनि देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

यस्तै मंगलबार दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै तथा मधेस प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना पनि छ। अनि देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै मंगलबार राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम आंशिक बदली रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका थोरै तथा मधेस र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।

प्रतिक्रिया