लिसंखुपाखर गाउँपालिकाका किसानलाई ६६ हाते ट्रयाक्टर वितरण


सिन्धुपाल्चोक – लिसंखुपाखर गाउँपालिकाले किसानलाई ६६ वटा हाते ट्रयाक्टर वितरण गरेको छ । गाउँपालिकाको कृषि शाखाले शुक्रवार गाउँपालिकाका अध्यक्ष कमल नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी हाते ट्रयाक्टर वितरण गरेको हो ।

४३ वटा ९ एचपी र २३ वटा ७.५ एचपीको गरी ६६ वटा ट्रयाक्टर वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए । ९ एचपीको ४४७०० र ७.५ को ३९००० को दरमा ठेक्कामार्फत खरिद गरिएको दुलालले जानकारी दिए ।

ट्रयाक्टरमा पालिका अनुदान ७० प्रतिशत र समूह, सहकारी तथा व्यक्तिगतरूपमा किसानलाई ३० प्रतिशत सहभागिता गराइएको थियो ।किसानको मागका आधारमा हाते ट्रयाक्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष नेपालले जानकारी दिए ।

गाउँपालिकाले फलफूलको बिरुवा माटो परीक्षण गरेर वितरण गर्दै आइरहेको छ । किसानहरूलाई विविध खाले कृषि अनुदान समेत प्रदान गर्दै आएको छ । स्थानीय सरकार आएपछि किसानलाई राहत मिलेको कृषक भक्तलाल श्रेष्ठ बताउँछन् । उनले अब खेती गर्न सहज हुने विश्वास व्यक्त गरे ।

ट्रयाक्टर वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हेमगङ्गा मोक्तान, प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलाल, जनप्रतिनिधि र किसानको उपस्थिति थियो ।

प्रतिक्रिया