सभामुखले बोलाए कार्य व्यवस्था परामर्श समितिको बैठक


काठमाडौं – सभामुख अग्नि सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। आइतबार बिहान ११ बजेको लागि वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शंकर हलमा बैठक बोलाइएको सभामुखको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।

प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ। प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गर्दै आएको छ।

संसद्‍को गतिरोध हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि बालकोट पुगेर एमाले अध्यक्ष केपी ओलीसँग छलफलसमेत गरेका थिए। यद्यपि, एमालेले भने संसद्‍मा सभामुखले आफूले कारबाही गरेका १४ सांसदहरूको नाम लिष्टको सूचना नटाँसेर न्यायपूर्ण काम नगरेको आरोप लगाउँदै आएको छ।

संसद् बैठकको कार्यसूची

प्रतिक्रिया