पाँच दलीय गठबन्धनको बैठक निष्कर्षविहिन, दोस्रो बैठक पनि आजै बस्ने


काठमाडौं – सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक आजै चार बजे फेरि बस्ने गरी सकिएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले अपरान्ह ४ बजे बस्ने बैठक गरी अहिलेको बैठक टुंगिएको जानकारी दिए।

बैठक स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे केन्द्रित रहेको बताइएको छ। स्थानीय तहको निर्वाचन मात्र नभई तीनवटै तहको निर्वाचन एकैपटक गर्ने विषयमा पनि सत्तारूढ दलहरुबीच छलफल चलेको छ भने वैशाखभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको माग छ। स्थानीय निर्वाचनबारे सत्तारूढ गठबन्धनभित्रै मतैक्यता छैन।

प्रतिक्रिया