बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी


काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलीय सत्ता गठबन्धनको बैठक सुरु भएको छ । आजको बैठकमा राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व भने छैन ।

बैठकले स्थानीय तहको निर्वाचन मितिबारे सरकारलाई सुझाव दिने अनुमान छ ।

प्रधानमन्त्री देउवाको जोड निर्वाचन आयोगको सिफारिस अनुसार वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले गठबन्धनले सोही अनुसारको निर्णय गर्ने अनुमान छ ।

प्रतिक्रिया