कांग्रेस केन्द्रीय कार्यसमितिः ३७ सदस्यीय कार्यसम्पादन समिति गठन (नामावली)


काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेका छन् । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको हो ।

केन्द्रीय कार्यसमितिको आकार ठूलो भएपछि सभापति देउवाले कार्यसम्पादन समिति गठन गरेका हुन् । कार्यसम्पादन समितिमा पार्टीका पदाधिकारी र वरिष्ठताका आधारमा केन्द्रीय सदस्यहरु रहेका छन् ।

कांग्रेसमा ४६ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति रहने व्यवस्था भए पनि शुक्रबार ३७ जना सदस्यमात्र चयन गरिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।

नामावली

  • शेरबहादुर देउवा -सभापति
  • रामचन्द्र पौडेल -वरिष्ठ नेता
  • पूर्णबहादुर खड्का -उपसभापति
  • धनराज गुरुङ -उपसभापति
  • गगनकुमार थापा -महामन्त्री
  • विश्वप्रकाश शर्मा -महामन्त्री
  • फरमुल्लाह मन्सुर -सहमहामन्त्री
  • भीष्मराज आङदाम्बे -सहमहामन्त्री
  • उमाकान्त चौधरी – सहमहामन्त्री
  • महेन्द्र यादव -सहमहामन्त्री
  • महालक्ष्मी उपाध्याय डिना – सहमहामन्त्री
  • किशोरसिंह राठौर – सहमहामन्त्री
  • बद्री पाण्डे – सहमहामन्त्री
  • जीवन परियार – सहमहामन्त्री
  • गोपालमान श्रेष्ठ
  • प्रकाशमान सिंह
  • विमलेन्द्र निधि
  • विजयकुमार गच्छदार
  • कृष्णप्रसाद सिटौला
  • डा.शशांक कोइराला
  • चित्रलेखा यादव
  • डा.रामशरण महत
  • अर्जुननरसिंह केसी
  • डा.प्रकाशशरण महत
  • सुनिलबहादुर थापा
  • डा.शेखर कोइराला
  • बलबहादुर केसी
  • बालकृष्ण खाण
  • ज्ञानेन्द्रबहादुर कार्की
  • उमा रेग्मी
  • रमेश रिजाल
  • डा.नारायण खड्का
  • जीपछिरिङ लामा
  • एनपी साउद
  • जीवनबहादुर शाही
  • सुजाता कोइराला
  • आनन्दप्रसाद ढु‌ंगाना

प्रतिक्रिया