जोर्डनमा सेना र सिरियाली लागुऔषध तस्करबीच झडप, २७ जनाको मृत्यु


काठमाडौं – जोर्डनमा सेना र सिरियाबाट आएका लागुऔषध तस्करबीच गोली हानाहान भएको छ।

जोर्डनी सेनाका अनुसार भारी हिमपातमा सिरियाबाट जोर्डन प्रवेश गर्न खोजिरहेका तस्करलाई रोक्न खोज्दा गोली चलेको हो। सेनाले चलाएको गोली लागेर २७ लागुऔषध तस्करको मृत्यु भएको बताइएको छ।

सेनाको विज्ञप्ति अनुसार मारिने तस्करहरूलाई सशस्त्र समूहको समर्थन थियो। गोलीबारी पछि यी तस्करहरूमध्ये केही सिरिया फर्केर भागेका थिए।

पछि जोर्डनका सैनिकहरूले उक्त क्षेत्रमा खोजी गर्दा ठूलो मात्रामा लागूऔषध फेला पारेको जनाइएको छ। सेनाले लागूऔषधको तस्करी वा जोर्डनको सीमामा प्रवेश गर्ने कुनै पनि प्रयासलाई विफल पार्ने बताएको छ।

प्रतिक्रिया