आहा रारा गोल्डकप: दोस्रो सेमिफाइनलमा आज आर्मी र मनाङ भिड्दै


पाेखरा –  आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्दै छन्। पोखरा रंगशालामा हुने खेल दिउँसो २ बजेपछि सुरु हुनेछ।

आजको खेलको विजेताले उपाधिका लागि शनिबार नेपाल एपीएफ फुटबल क्लबसँग खेल्नेछ।

आहा रारामा मनाङ सर्वाधिक सफल क्लब हो। पोखरालाई घरेलु मैदान मानेको मनाङ आर्मीलाई पराजित गर्दै उपाधि नजिक पुग्ने योजनामा हुनेछ। उता आहा रारामा अभागी क्लब बनिरहेको आर्मी मनाङलाई हराउँदै उपाधि नजिक पुग्ने योजनामा हुनेछ।

आर्मीले थ्रीस्टारलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। मनाङले भने नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम ४ मा पुगेको हो।

यसअघि बुधबार भएको पहिलो सेमिफाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई ३–१ ले पराजित गर्दै एपीएफ १४ वर्षपछि उपाधि नजिक पुगेको छ।

प्रतियोगिताको उपाधि विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।

प्रतिक्रिया