

जनकपुर मतदानस्थलमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा पाँच राउन्ड अश्रुग्यास प्रहार

जनकपुरधाम – धनुषाको जनकपुरधाममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरुबीच झडप भएको छ ।
राष्ट्रिय सभा निर्वाचनको मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरी र कार्यकर्ताबीच झडप भएको हो । जबजस्त रुपमा मतदानस्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको थियो ।
स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको हो ।
सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरधामका बिभिन्न ठाउँमा प्रदर्शन जारी राखेका छन् ।

