
गर्भवती प्रेमिकालाई जिउँदै जलाउने युवकविरुद्ध फेरि मुद्दा चलाइने
न्युयोर्क– आफ्नी गर्भवती प्रेमिकालाई जिउँदै जलाएको मुद्दामा जमानतमा रिहा भएका अमेरिकाको मिचिगन निवासी एक पुरुषलाई बढी जमानत रकम तोक्न पुनस् मुद्दा चलाइने भएको छ ।
डेट्रोइट प्रहरीकाअनुसार ४२ वर्षीय डेभोन्ने मार्सलाई १४ जनवरीमा आफूसँगै बस्दै आएकी २६ वर्षिया प्रेमिकाको शरीरमा आगो लगाएका आरोपमा गिरफ्तार गरिएको थियो ।
ती पीडित छ महिने गर्भवती महिलाको खुट्टा र पेट नराम्ररी जलेको छ । उनको गर्भमा रहेका जुम्ल्याहा शिशुको अवस्था भने थाहा हुन सकेको छैन । मार्सलाई केवल पाँच हजार डलर जमानतमा छाडिएको थियो । उनलाई पुन ७ लाख ५० हजार डलर जमानत तोकेर हिरासतमा लिइएको हो । उनलाई १ फ्रेब्रुअरीमा पुनस् अदालतमा पेस गरिने छ । एजेन्सी



कागजपत्र |
