जिल्ला प्रशासन कार्यालय धनकुटामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द


धनकुटा – जिल्ला प्रशासन कार्यालय धनकुटाले माघ १८ गते सम्मका लागि कार्यालयबाट प्रदान गर्ने अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ ।

कार्यालयमा कार्यरत केही कर्मचारीमा कोभिडको सङ्क्रमण देखिएको र अन्यलाई समेत मिल्दोजुल्दो लक्षण देखिएकाले १८ गतेसम्म नागरिकता, राहदानी,सङ्घ संस्था दर्ता नवीकरण, पेन्सन सम्बन्धी प्रमाणित तथा सिफारिसको काम नगर्ने जिल्ला प्रशासनले जनाएको छ ।

शान्ति सुरक्षा, मुद्दासम्बन्धी, विपत्, व्यवस्थापन, र अत्यावश्यक आन्तरिक प्रशासन काम भने सुचारु रहने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया