

अमेरिकी राष्ट्रपति बाइडेनले पत्रकारलाई अपशब्द बोले (भिडियोसहित)

एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा बढ्दो महँगीबारे प्रश्न गर्ने पत्रकारमाथि अपशब्द प्रयोग गरेका छन् ।
बाइडेनले पत्रकारमाथी मुख छाडेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । फक्स न्युजका पत्रकार पिटर डुसीले बाइडेनलाई देशमा बढ्दो महँगीका कारण मध्यावधि चुनावमा पार्टीलाई कति घाटा हुन्छ भनेर प्रश्न गरेका थिए ।
यसबारे जवाफ दिँदै बाइडेनले आफ्नो पार्टीलाई घटा नभएर फाइदा हुने बताएका थिए । त्यसपछि भने उनले पत्रकारलाई ‘सन अफ अ’ भन्दै गाली गरेका थिए ।

