
बुर्किना फासोमा सेनाले गर्यो ‘कू’, राष्ट्रपति काबोरे हिरासतमा
काठमाडाैं – अफ्रिकी मुलुक बुर्किनो फासोमा सेनाले ‘कू’ गरी राष्ट्रपति रोख मार्क क्रिस्चियन काबोरलाई नियन्त्रणमा लिएको छ ।
सुरक्षा अधिकारीहरूलाई उदृत गर्दै स्थानीय समाचार संस्थाहरूले राष्ट्रपति काबोरेलाई विद्रोही सिपाहीहरूले हिरासतमा लिएको जनाएका हुन्।हिजो (आइतबार) राति उनको निवास नजिक गोलीकाण्डपछि उनलाई नियन्त्रणमा लिइएको हो ।
विभिन्न ब्यारेकमा रहेका सैीनकहरूले विद्रोह गरी सेनाका शीर्ष अधिकारीहरूलाई बर्खास्त गर्न तथा इस्लामिक लडाकूहरूविरुद्धको लडाइँमा थप स्रोत छुट्ट्याउनका लागि माग गरेपछि सेनाले शासन हातमा लिएको हो ।राजधानी औआगादौगौमा व्यापक गोली चलेपछि सेनाको ‘कू’ भएको हो । एजेन्सी



कागजपत्र |
