
मोरटसाइकल दुर्घटनामा २५ वर्षीय युवकको मृत्यु
काठमाडौँ – दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। आइतबार साँझ लमहीबाट गढवातर्फ जाँदै गरेको रा ५ प ५७१४ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आइरहेको साइकल यात्रीलाई बचाउन खोज्दा लमही नगरपालिका–४ बलामपुरमा दुर्घटना भएको हो।
दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका–१२ का करिब २५ वर्षीय अरुण देवकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
मोटरसाइकलमा सवार चितवन भरतपुर ७ का रामप्रसाद सापकोटा दुर्घटनामा गम्भीर घाइते भएका छन्। दुर्घटनामा गम्भीर घाइते भएका देवकोटाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।



कागजपत्र |
