
हारबाट जोगियो रियल
काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले एल्कसँग २–२ को बराबरी खेलेको छ। खेलमा एल्कले २–० को अग्रता लिए पनि अन्तिम आठ मिनेटमा रियलले दुई गोल गर्दै खेल बराबरीमा ल्याएको हो।
रियललाई हारबाट बचाउने क्रममा खेलको ८२ औं मिनेटमा लुका मोड्रिचले पेनाल्टीमार्फत गोल गरेका थिए। खेलको इन्ज्युरी समयमा एडर मिलिटाओले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याएका थिए।
यससँगै लिगको शीर्षस्थानमा रहेको रियल मड्रिडले २२ खेलबाट ५० अंक जोडेको छ। दोस्रो स्थानमा रहेको सेभिल्लाको समान खेलबाट ४६ अंक छ।



कागजपत्र |
