टेकु अस्पतालमा एक साताका लागि खोप अभियान स्थगित


काठमाडौं – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप अभियान स्थगित भएको छ ।

अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि खोप अभियान स्थगित गरिएको हो ।

आइतबार अस्पतालले विज्ञप्ति जारी गर्दै सोमबार देखि अर्को आइतबारसम्म एक साताका लागि खोप अभियान स्थगित भएको जानकारी दिएको छ ।

प्रतिक्रिया